
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री/वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो ।
उक्त मिललाई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले अन्य उद्योगको ब्रान्डलाई पुनः प्याकेजिङ गरी आफ्नो उत्पादन बनाएर बिक्री/वितरण गरेको र खाद्य वस्तु अस्तव्यत अवस्थामा अखाद्य वस्तुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत वस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ शर्माले बताउनुभयो । उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न सात दिनको समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्