×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Market Talk : ‘चन्द्रागिरी हिल्स धेरै रिस्की भइसक्यो, अव किनेर काम छैन…, ‘बैंकको सेयर किन्नुस्, नाफा हुन्छ’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

Market Talk : ‘चन्द्रागिरी हिल्स धेरै रिस्की भइसक्यो, अव किनेर काम छैन…, ‘बैंकको सेयर किन्नुस्, नाफा हुन्छ’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजार विश्लेषक नवराज घिमिरेले बैंकमा गरिने लगानीको प्रतिफल राम्रो आउने भएकाले बैंकहरुको सेयरमा नै लगानी गर्न सुझाव दिएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले बैंकको सेयर अहिले सस्तो मूल्यमा नै पाईराखिएकाले त्यसको सदुपयोग गर्न सके अवको ५-६ महिनाभित्र राम्रो प्रतिफल प्राप्त गर्न सकिने बताएका छन् । उनले अहिले बैंकको सेयर धेरै नबढीसकेकाले अहिले बैंकको सेयर किन्ने उत्तम समय भएको ठोकुवासमेत गरेका छन् ।

‘चन्द्रागिरी हिल्स धेरै रिस्की भैसक्यो’

अन्तर्वार्ताका क्रममा उनले चन्द्रागिरी हिल्सको सेयर निकै रिस्की भईसकेकाले नयाँ तथा साना लगानीकर्ताहरुले यसरी नबुझी चन्द्रागिरी हिल्स लिमिटेडमा लगानी गर्न उचित नहुने दाबी गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडले खासै प्रतिफल दिन नसक्ने भएकाले यो सेयर साना तथा नयाँ लगानीकर्ताका लागि नभई सेयर खेलाडीहरुका लागि भएको बताएका छन् । उनले २००० भन्दा बढी मूल्य तिरेर चन्द्रागिरी हिल्स लिमिटेडमा लगानी गर्नुभन्दा सो रकम राम्रा बैंकहरुमा लगानी गरे प्रतिफल सार्है राम्रो हुने बताएका छन् । उनले कस्ता बैंकका सेयर किन्ने र पोर्टफोलियोलाई कसरी राम्रो बनाउने विषयमा पनि कार्यक्रममा केहि टिप्सहरु दिएका छन् ।

‘नेप्सेको जीएम बन्ने दौडमा छु’

कार्यक्रममा उनले नेप्सेको जीएमबन्ने दौडमा आफु पनि रहेको स्पष्ट पारेका छन् । नेप्सेका जीएम चन्द्र सिंह साउदको कार्यकाल सकिन लागेका बेला उनले पनि आफु यो दौडबाट पछी हटिनसकेको दाबी गरेका छन् । उनी नेकपा एमालेका पूर्व अध्यक्ष माधव नेपाल निकट मानिन्छन। राजनीतिक स्थिति आजकै जस्तो भए उनको नेप्सेको जीएम बन्ने सम्भावना निकै कम छ । यद्यपी माधव नेपाल र केपी ओली मिलेको खण्डमा उनी नेप्सेको जीएम बन्ने लगभग पक्काजस्तै छ । यसअघि पनि कांग्रेसकोस सरकार भएका कारण उनी सो दौडबाट पछी हटेका थिए । उनले कार्यक्रममा नेप्सेमा आफुजस्तै लगानीकर्ताका हरेक समस्या बुझेका र समग्र सेयर बजार बुझेका मानिस नै पुग्नुपर्ने बताएका छन् ।
साथै उनले कार्यक्रममा बैंकिङ सेक्टरको सेयरमा गरिएको लगानी कसरि सुरक्षित छ भन्ने तथ्यको उजागरसमेत गरेका छन् । लगानीकर्ताले कहाँ गल्ती गर्छन् भन्ने विषयमा पनि उनले कार्यक्रममा बोलेका छन् । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेल र सेयर बजार विश्लेषक नवराज घिमिरेबीचको यो विशेष अन्तर्वार्ता ‘मार्केट टक’ ::
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: