×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक लिमिटेडको ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा, ग्राहकले यस्तो सुविधा पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंक लिमिटेडको ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा, ग्राहकले यस्तो सुविधा पाउने

Artha Sarokar

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले MBL Care Credit सुबिधा संचालनमा ल्याएको छ । यस सुबिधा अन्तर्गत ग्राहकले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको Care Credit सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नुहुनेछ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहक महानुभावहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ ।
बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहक महानुभावहरुले उक्त सुबिधा लिन सक्नुहुनेछ । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुले बैंकको वेबसाइट मा (https://www.machbank.com/online-credit) गइ क्रेडिट कार्डको लागि आवेदन दिनसक्नु हुनेछ ।
हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहक महानुभावहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ र माछापुच्छ्रे बैंक ले आफ्ना ग्राहक महानुभावहरुको सुबिधा लाइ मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुबिधा हरु संचालनमा ल्याउदै आएको छ । ग्राहक महानुभावहरुले उक्त सुबिधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिनसक्नु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी