×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेट लाइफ नेपालद्वारा कोभिड केयर सहायता सेवा सुरु, कागजात पेश गरेपछि ३ दिनमै बीमा रकम भुक्तानी गर्ने

PRIME CA

मेट लाइफ नेपालद्वारा कोभिड केयर सहायता सेवा सुरु, कागजात पेश गरेपछि ३ दिनमै बीमा रकम भुक्तानी गर्ने

अर्थ सरोकार

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगाकाे लागि मेट लाइफ नेपालले कोभिड केयर सहायता सेवा सुरुवात गरेको छ । कम्पनीकाे अनुसार यस सेवा अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिने ।
यसकाे लागि दाबीकर्तालाई आवश्यक कागजातहरु अनलाइननै पेश गरेर दाबी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा ईमेल गर्न सक्नेछन् ।
कोभिड केयर सहायता कार्यक्रमद्वारा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुने विश्वास आफुहरुले लिएकाे मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: