
- अर्थ सरोकार सम्बाददाता
सुनसरी । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय प्रकाशपुर सुनसरीमा कार्यरत कर्मचारीहरु अकल राउत, सुमित्रा कुमारी माझी, मीना खत्री, रन्जु उराँवले प्रकाशपुर क्षेत्रमा सशक्त रुपमा काम गरिरहेको प्रकाशपुर युवा जमात (युवा समुह)मार्फत कोरोना महामारीको मारमा परेका समुदायको सहयोगार्थ ९ हजार रुपैयाँ प्रदान गरेका छन् ।
प्रकाशपुर युवा जमातले कोरोना महामारी सुरु भएयता त्यस क्षेत्रमा बसोबास गर्ने न्यून आयस्रोत भएका अतिविपन्न तथा विपन्न वर्गहरूको घरदैलो कार्यक्रम गरि महामारी सम्बन्धी जनचेतना जगाउने, स्वास्थ्य सामग्री वितरण गर्ने तथा खाद्यान्न राहत समेत उपलब्ध गराउँदै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा शाखा कार्यालय प्रकाशपुरका शाखा प्रबन्धक अकल राउतले संस्था मात्रै नभई सम्पूर्ण कर्मचारी पनि समुदायप्रति उत्तरदायी हुनुपर्छ भन्ने विश्वासका साथ हामी कर्मचारीहरुले मासिक तलवको केही भाग कट्टा गरी आ-आफ्नो समुदाय प्रतिको जिम्मेवारी पुरागर्न सहयोग गरेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्