×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सामाजिक कार्य : प्रहरीलाई पिपिई तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

  • अर्थ सरोकार सम्बाददाता
काभ्रे । कोभिडको समयमा फ्रन्टलाइन सेवाप्रदायक मध्ये प्रहरीहरु पनि बढि जोखिममा पर्ने समुदाय भित्र पर्दछन् । झन् नाकामा खटिएका प्रहरीहरुले आवतजावत गर्ने मानिसहरु तथा यातायातका सवारीहरु चेक जाँच गर्नुपर्ने अवस्थामा त अझ बढि सुरक्षा र सतर्कता अपनाउनु पर्ने हुन्छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मंगलबार (आज) पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग प्रदान गरेको छ ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले आज मंगलबार बिहानै साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरिक्षक शिब श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्रहरी सहायक निरिक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पिपिइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिए । यसले महामारीको अवस्थामा आफूहरुले अझ सहज तरिकाले कार्य गर्न सहयोग भएको र जनसमुदाय बिचमा आत्मियता बढेको बताए ।
अधिराज्य भरि ५८ वटा जिल्लमा १५० वटा शाखा संजाल विस्तार गरेर सेवा प्रदान गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कोभिडको यस समयमा वित्तीय कारोवार भन्दा सामाजिक सचेतनाका कार्यहरु गर्दै आएको छ । सदस्यहरुलाई फोनबाट कोभिड बारे जानाकारी र सचेतनाहरु दिने, विभिन्न स्थानमा सामाजिक संस्थाहरुसंग सहकार्य गरेर राहत एवं सहयोग वितरणको कार्य भइरहेको निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: