
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि डिजिटल बैंकिङको सुरुआत गरेको छ । कम्पनीले निषेधाज्ञाका बेला सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङको सुरुआत गरेको हो । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले कोरोनाको समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोबारहरु गर्न र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकुन् भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ सुरु गर्न लागिएको र सो कार्यका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको बताए ।
बोहराले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’ र ‘क्यास लेस’ कारोबारका लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए। यस्तै संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशीबीच डिजिटल बैंकिङ सेवाका लागि सम्झोतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
डिजिटल बैंकिङअन्तर्गत सदस्यहरुले कारोबारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमै बसेर आफ्नो खाताको जानकारी लिने, ई–सेवा, खल्ती तथा फोन पेजस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोबाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका बिलहरु घरमै बसेर भुक्तानी गर्न पाउनेलगायत दुई दर्जन बढी सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्