×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बढनिहार । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बढनिहारले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका सदस्य पटेरवा सुगौली गाउपालीका वडा नं. ३, पर्सा वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएको थियो । त्यसै गरि संस्थाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं ७, की तारा देवी गोढीको श्वास प्रश्वासमा समस्या भई उपचारको क्रममा निधन भएको थियो ।
दुवै घटना्प्रति वित्तीय संस्थाको तर्फबाट दुख व्यक्त गर्दै परिवारलाई संस्थाको तर्फबाट जनही ५ हजारको दरले आर्थिक सहयोग गरिएको छ । संस्थाको बढनिहार शाखाका शाखा प्रमुख निराजन चौधरी र कर्मचारी दिलिप कुमार चौधरी लगायतको उपस्थितिमा बागेश्वरी गाउका पूर्व मुखिया तथा समाजसेवी रामदेयाल कुर्मीले तारादेवी गोढीको परिवारलाई र केन्द्र प्रमुख श्रीमती रुन्ची देवीद्धारा तेतरी थरुनीको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: