×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ, खुद नाफामा २३३.८५% को आकर्षक बढोत्तरी (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

मिथिला लघुवित्तको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ, खुद नाफामा २३३.८५% को आकर्षक बढोत्तरी (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्थाले ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा २३३.८५% धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६९.०८% र १८७.८४% बढेको छ । जसको सकारात्मक प्रभाव नाफामा परेको छ । चैत मसान्तसम्म ४५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल कम्पनी जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: