×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीका एक युवकद्धारा १ करोडको लगानीमा पशुपालन र रेष्टुरेन्ट सञ्चालनमा, विदेश नजान युवा पुस्तालाई आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

म्याग्दीका एक युवकद्धारा १ करोडको लगानीमा पशुपालन र रेष्टुरेन्ट सञ्चालनमा, विदेश नजान युवा पुस्तालाई आग्रह

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको हो । रावलले बेनी-बागलुङ सडक खण्डको रत्नेचौरमा ५० लाखको लगानीमा गाईभैँसी पालन सुरु गर्नुभएको छ । गत सालदेखि गाईभैँसी पालन सुरु गर्नुभएका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् ।
गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताउनुभयो । गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उहाँले गाईभैँसीपालन सुरु गर्नुभएको थियो । रावलले अहिले ५० लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताउनुभयो । आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।
पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताउनुभयो । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा उहाँले रावलले ५० लाख लगानी गर्नुभएको छ । ‘५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुपर्यो भनेर ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ’, रावलले भन्नुभयो । वर्षौंदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उहाँले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गर्नुभएको हो ।
बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका उहाँले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताउनुभयो । रावलले आफ्नो पशु फर्ममा ४ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउनुहुन्छ । ‘युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेशतिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ’, उहाँले भन्नुभयो ।
दूध बेचेरै मासिक १ लाख कमाउँदै आउनुभएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा विदेशमा भन्दा बढी कमाइ गर्न सकिने बताउनुभयो । विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गर्नुभयो । ‘महामारी होस् वा अन्य कुनै विपत्ति, आखिर फर्किनु पर्ने त आफनै गाउँमा हो’, उहाँले भन्नुभयो ‘अप्ठ्यारो पर्दा मात्र होइन, जोश, जाँगर, उमेर र वर्गत छँदै आफ्नो माटोको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ । नत्र पछि पछुताउनुको विकल्प हुँदो रहेनछ ।’ रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी