
म्याग्दी । नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरेर बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको निषेधाज्ञा वैशाख २८ गते राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर विस्तार गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले मङ्गलबार गरेको सिफारिसका आधारमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको बताउनुभयो ।
यसअघि बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा वैशाख २२ गतेदेखि निषेधाज्ञा भएको थियो । म्याग्दीको पूर्वाधार विकास आयोजनालाई कोरोना महामारी र निषेधाज्ञाको असर पर्न दिइएको छैन । निषेधाज्ञा भएका क्षेत्रमा पनि विकास आयोजना निर्माणको काम धमाधम भइरहेका छन् । सरोकारवालाको समन्वयमा विकास आयोजनालाई प्रभावित हुन नदिइएको जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताउनुभयो । ‘भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आयोजना निर्माणलाई निरन्तरता दिइएको छ’, उहाँले भन्नुभयो, ‘सडक, खानेपानी, भवन, सिँचाइ, जलविद्युत्, पदमार्ग, पुल, नदी नियन्त्रणलगायत पूर्वाधार आयोजना रोकिएका छैनन् ।’
गत वर्षको बन्दाबन्दीको समयमा म्याग्दीका धेरै विकास आयोजनाको काम रोकिएका थिए । रोकिएका आयोजना करिब सात महिनापछि मङ्सिरदेखि पुनःसञ्चालनमा आएका थिए । निर्माण सामग्री, उपकरणको व्यवस्थापन गरी सतर्कता अपनाएर विकास आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका वरिष्ठ उपाध्यक्ष विपीन खड्काले बताउनुभयो । उहाँ प्रतिनिधि रहेको निर्माण कम्पनीमार्फत यसै हप्ता बेनीको कालीपुलमा सडक कालोपत्र गरिएको छ । म्याग्दीमा सङ्घ, प्रदेश र स्थानीय तहका करिब एक हजारको हाराहारीमा पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा छन् । जिल्ला बाहिरबाट आएका मजदुरका लागि आयोजनास्थलमै क्वारेन्टिनमा राखेर थोरै-थोरै जनाको समूह बनाएर काममा लगाइएको छ ।
भारतलगायत विदेश र जोखिमयुक्त ठाउँबाट आएका मजदुर तथा कर्मचारीलाई १० दिन एकान्तबास बस्नुपर्ने नियम बनाइएको छ । आयोजनामा कार्यरत मजदुर, कर्मचारीमा सङ्क्रमण देखिए सम्बद्ध व्यवसायीले आइसोलेशन र उपचारको व्यवस्था मिलाएका छन् । बेनी-जोमसोम सडक निषेधाज्ञाकै अवस्थामा कालोपत्र शुरु भएको छ । बेनी–अर्थुङ्गे सडक कालोपत्र गर्ने काम सकिएको छ । बागलुङ-बेनी, गलेश्वर-पिप्ले-भगवतीलगायतका सडक आयोजनाको कामलाई पनि निरन्तरता दिइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको कार्यालयका सडक इञ्जिनीयर राजेश अधिकारीले बताउनुभयो । उहाँले सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको बताउनुभयो । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी-दरवाङ सडकको पहिलो प्याकेजको ठेकेदार लामा-समानान्तरले भने इन्धन अभावको कारण देखाएर काम रोकेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पोखरेबगर-घार-खिवाङ-शिख-चित्रे सडक आयोजनाका ठेकेदार जयमाता-मोतीदानले पनि काम गरेको छैन । बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, निलगिरि, घारखोला, मङ्गले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् । विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ । पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग मिलेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्