×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, ३ बजे बोलकबोल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको, ९१ दिन अवधिको, १८२ दिन अवधिको र ३६४ दिनको अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
२८ दिन अवधिको ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । यस्तै ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल २०७८ साल भदौ ८ गते परिपक्क हुनेछ । १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । 
यस्तै ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । सो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल हुनेछ भने भोलि बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: