
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमणका कारण नबिल बैंक लिमिटेडमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । बैंकको कुमारीपाटी स्थित शाखामा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएको हो । सोहि बैंकमा कार्यरत एक कर्मचारीले आफ्नी सहकर्मीको कोरोनाका कारण निधन भएको पुष्टी गरेकी छिन् । गुरुङ थर भएकी ती कर्मचारीले लक्षण देखिएपछि कोरोना परिक्षण गराएकी थिइन् ।
कोरोना संक्रमण भएपछी उनलाई सार्है गाह्रो भएपछी आइसीयुको बेडका लागि प्रयास गरिएको थियो । परिवारले आइसीयुको बेड नभेटेपछी बैंकलाईसमेत हारगुहार गरिएको तर आइसीयुको बेड नपाएपछि अन्तत: ती कर्मचारीको निधन भएको उनकी एक सहकर्मीले अर्थ सरोकारलाई बताएकी छिन् ।
‘काममा निकै मेहेनती र लगनशील साथी गुमाएपछि हामीलाई पनि असह्य पीडा भएको छ । अत्यावश्यक सेवाका नाममा बैंकहरुमा कोरोना झन् फैलिएको विषयमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती बैंकरले भनिन् , ‘कैलालीतिर एटिएमबाहेक सबै सेवाहरु बन्द गरिएका छन् । काठमाडौँमा पनि यस्तो नगरिए स्थिति झन् भयावह हुने देखिन्छ ।’
उनका अनुसार बैंकमा आउने आजकालका ग्राहकहरु धेरै संक्रमितका आफन्तसमेत हुने गरेका छन् । ‘धेरै ग्राहक त कोरोना संक्रमितका आफन्त नै हुन्छन् । जति स्वास्थ्य मापदण्ड अपनाउँदा पनि हामी जोखिम बाहिर छैनौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्