×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आईतबारदेखि शुक्रबारसम्म उपत्यकाभित्र खुल्ला हुने नबिल बैंकका शाखाहरु (सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी हुन् आईतबारदेखि शुक्रबारसम्म उपत्यकाभित्र खुल्ला हुने नबिल बैंकका शाखाहरु (सूचीसहित)

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्तीय संस्थाहरुलाई शाखा चलाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार केन्द्रिय कार्यालयबाहेक काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।
बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्र बैंकले सो निर्देशन बैंकहरुलाई दिएको थियो । साथै बैंकहरुले उपपत्यकामा साताभर सञ्चालन हुने आफ्ना शाखा कार्यालयको सूची समेत वेवसाइटमा राख्न निर्देशन दिएको थियो । जसले गर्दा उपत्यका बासिन्दालाई लकडाउनको समयमा बैंक जानु पर्ने भएमा सम्बन्धित बैंकको वेवसाइट हेरेर खुल्ला हुने बैंक जानुपर्नेछ । उपत्यकाभित्र सञ्चालन हुने बैंक बिहान १० बजेदेखि २ बजेसम्म खुला हुनेछ ।
एसोसिएसनका अनुसार आईतबार बैंकको भैसेँपाटी, भाटभटेनी, कमलबिनायक, कपन, ललितपुर पुल्चोक र न्युरोड शाखा खुल्ला हुनेछन् । यस्तैगरी सोमबार भने बैंकले ग्वार्को, हात्तीगौंडा, कुमारीपाटी नयाँ बानेश्वर, सूर्यविनायक र त्रिपुरेश्वर शाखाबाट आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा दिने भएको छ ।
यस्तै मंगलबार अनामनगर, धापासी, कान्तिपथ, कौशलटार,ललितपुर-पुल्चोक र सातदोबाटोबाट बैंकिङ सेवा पदने भएको छ भने बुधबार भैसेँपाटी, कलंकी, कमलबिनायक, ललितपुर- पुल्चोक, ठमेल र तीनधाराबाट बैंकिङ सेवा दिने भएको छ ।
यसैगरी बैंकले बिहीबार ग्वार्को, हलचोक,जोरपाटी, कुमारीपाटी ,न्युरोड र सूर्यविनायकबाट आफ्नो बैंकिङ सेवा प्रदान गर्ने भएको छ र शुक्रबार कौशलटार, कीर्तिपुर, ललितपुर-पुल्चोक, मैतिदेवी, नयाँ बानेश्वर र सातदोबाटोबाट बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: