
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नाडा एशोसियसनलगायत सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले सरकारले कर तिर्नका लागि गरेको ताकेताप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण कर बुझाउन जान नसक्ने अवस्था रहेको भन्दै निषेधाज्ञा खुलेको एक हप्ताको समय दिइ कर बुझाउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
नाडाले एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको शुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछु ।’
यस्तै नेपालका सम्पुर्ण अटोमोवाइल व्यवसायीहरुले आफना अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरुमै बुझाइ महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्