
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। गलत वित्तीय विवरण सार्वजनिक गर्ने, सोहि गलत विवरणका आधारमा लगानीकर्ताहरुलाई वेवकुफ बनाएर भित्रभित्र करोडौंको चलखेल गर्ने गरेको आरोप लागेको नेशनल लाइफ इन्स्योरेन्सले अझै पनि आफ्नो कर्तुत ढाकछोप गर्ने दुष्प्रयास गरिरहेको खुलासा भएको छ । कम्पनीले प्रकाशित गरेको गलत विवरणलाई सच्याउनुको सट्टा उल्टै गलत विवरण नै सार्वजनिक रुपमा राखेर ‘हामीलाई कसले छुने ?’ शैलीमा कमपनीले दादागिरी देखाईरहेको पाइएको छ ।
इन्स्योरेन्सले आर्थिक बर्ष २०७६-७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा प्रति सेयर आम्दानी नै गलत देखाएको खुलासा अर्थ सरोकार डटकमले गरेको थियो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा छ । तर कम्पनीको चुक्ता पूँजी र कम्पनीको खुद नाफालाई हिसाब गर्दा कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा मात्र हुन आउँछ । अर्थात कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा ४ रुपैयाँ २२ पैसाको हिसाब गडबढ देखिएको छ । कम्पनीले ४ रुपैयाँ २२ पैसा धेरै प्रति सेयर आम्दानी देखाएर जनता झुक्याएको तथ्य प्रमाणित भएको छ।
अर्थ सरोकारले सो खबर सार्वजनिक गरेपछि कम्पनीले आफ्नोतर्फबाट गल्ती भएको र सो गल्तीलाई सच्याउने बताएको थियो । तर आज पनि कम्पनीको वेवसाइट मा सो गल्ती विवरण नै सार्वजनिक गरिएको छ । यसरी कम्पनीले गलत विवरण छापेर लगानीकर्ता त झुक्याएको छ नै, गल्तीलाई गल्ती नै राखीरहेर भित्रभित्रै भित्री कारोबार गरी करोडौंको चलखेल गरेको आरोप पुष्टी नजिक त पुगेको होइन ? भन्ने प्रश्न उठाएको छ ।
हाकिमले सापले झुट बोले !
यस विषयमा बुझ्न हामीले कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई सम्पर्क गरेका थियौं । उनले यस विषयमा प्रश्न गर्दा हाकाहाकी झुट बोले । उनले आफुहरुले गल्ती भएको विवरण सच्याईसकेको र सच्याईएको विवरण कम्पनीको वेवसाइटमा उपलब्ध रहेको दाबी गरे । तर उनको फोन राखिसकेपछि हामीले पुन: कम्पनीको वेवसाइट खोलेर हेर्दा पूरानै अर्थात गलत नै रिपोर्ट भएको पाइएको छ । यसले सीइओले कि बुझ्दै नबुझी बोले, कि झुट बोले, वा कम्पनीले गरेको चलखेलमा उनकोसमेत मिलेमतो हुनसक्ने आशंका गर्ने ठाउँ दिएको छ । यसअघि कम्पनीका प्रमुख बित्त अफिसर प्रज्वल सायामीले आफूबाट गल्ती भएको र गल्ती सच्याउने बताएका थिए । तर लामो समय हुँदा पनि गल्ती नसच्चिनुले कम्पनीभित्र ठुलै चलेखेल भएको दाबी जानकारहरुको छ ।

नियामक किन रमिते ?
कम्पनीले त्रुटी भएर गलत विवरण सार्वजनिक गरेको खण्डमा त्यसलाई तुरुन्त सच्याउनुपर्ने हुन्छ । तर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले झुटो विवरण सार्वजनिक गरेर पनि नसच्याएर दादागिरी देखाएको छ । तर बीमा समितिका ठुला हाकिमहरुको नजर किन नेशनल लाइफ इन्स्योरेन्सतर्फ जाँदैन भन्ने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसले कम्पनीले बीमा समितिका हाकिमसापहरुलाई पनि आफ्नो प्रभावमा पारेर राखेको आरोपलाई पुष्टी गर्ने ठाउँ दिएको छ ।
(कम्पनीले आफ्नो कर्तुत नसच्याउंदासम्म हामी निरन्तर यो प्रकरणको फलोअपमा छौं । कम्पनीले गरेको बदमासीबारे तयार गरिएको भिडियो सामाग्री आगामी अंकमा। )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्