×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौवादी फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गर्ने, बजेटसमेत विनियोजन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धौवादी फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गर्ने, बजेटसमेत विनियोजन

Artha Sarokar

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने बताउनुभएको हो । फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थलगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन सुरु गर्ने क्रममा जिल्लाको हुप्सेकोट गाउँपालिका-५ धौवादी डाँडामा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने पौडेलले बताउनुभयो । 
धौवादीबाट व्यवसायिक उत्पादन सुरु गर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको पौडेलले बताउनुभयो । हुप्सेकोटको १० किलोमिटर क्षेत्रमा फैलिएको नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ । खानी तथा भूगर्भ विभागले पाँच टन कच्चापदार्थ चीन पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नतिजा सकारात्मक आएको भूगर्भ विभागले यसअघि नै जनाइसकेको छ ।
विभागले चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’मा परीक्षण गराएको थियो । धौवादी डाँडामा छ वर्षअघि फलाम खानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो । धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो ।
त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ । पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पुर्याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुने घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिकटन फलाम रहेको पत्ता लागेको छ । उक्त खानीबाट औद्योगिकरूपमा फलाम उत्पादन गर्न सकिने अध्ययनले प्रमाणित गरेपछि अब उत्पादन लागतलगायतका विषय स्पष्ट गर्नका लागि आर्थिक सम्भाव्यताको अध्ययन गरेपछि मात्रै उत्खननमा जान सकिने घिमिरेले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी