
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा बढ्दो कोभिड-१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसंग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई ५००० भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा मिति २०७८/०१/२८ मा हस्तान्तरण गरिएको थियो ।
साथै बङ्गलादेश सरकारले पनि थप ५००० भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाईसकेको छ । यसअघि पनि नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंक र बङ्गलादेशको Beximco फर्मास्यूटिकल कम्पनी संग मिलेर ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो । बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्