×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला, ब्याजदर कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला, ब्याजदर कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज बुधबारदेखि नेपाल बैंक लिमिटेडले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १४ लाख इकाई सर्वसाधारण छुट्टयाईएको छ भने बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सर्वसाधारणलाई जारी हुने ऋणपत्रमध्ये ५% अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वार्षिक ब्याजदर ८.५०% तोकिएको छ ।
बैंकले ‘८.५०% नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न लागेको हो । सो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
मेरो सेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको छ । सो ऋणपत्रमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ५ गतेसम्म खुला रहनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: