
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भएको र देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् । साथै यस अवसरमा कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरु, अहोरात्र खटिइ नेपाल लाइफको सेवा विस्तारमा साथ दिने अभिकर्ताहरु तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशिल भई सेवा प्रवाह गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।
करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ ।
कम्पनीमा १,७६,०४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्