×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक, हेर्नुहोस् पूरा भिडियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक, हेर्नुहोस् पूरा भिडियो

Artha Sarokar

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त-उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सनमा प्रमुख पदम तिमल्सिना रहेका छन् । भिडियो लिंक: https://www.youtube.com/watch?v=dn6s-kH3vU
शब्द :
लडौ सँग सँगै, लडौ सँग सँगै
स्वस्थ बनि अघि बढौ हामी सँग सँगै
स्वस्थ बनि अघि बढौ हामी सँग सँगै
सबको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
सबैको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
बाचौ सँग सँगै बचाऔ सँग सँगै
नाच्दै गाउदै सबै रमाउला भोलि सँग सँगै
नाच्दै गाउदै सँगै रमाउला हामी सँग सँगै
(सचेत बनौ करोना बिरुद्धको यो लडाइ घरमै बसेर लडौ )

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी