×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेपाल एसबिआई बैंकको बौद्ध शाखामा सेवाग्राहीको उदेकलाग्दो भिड, ११ तस्विरमा हेर्नुहोस् ग्राहकको लापरवाही…(फोटो-कथा)

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आलोपालो सेवा दिइरहेका बैंकहरुमा भिड बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेपछि बैंकिङ क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत राखी आलोपालो सेवा दिन भनिएको थियो । सोहि अनुसार निषेधाज्ञाको अवधिमा पनि बैंकहरुले सेवाग्राहीलाई सेवा दिइरहेका छन् । तर सेवाग्राहीले भने लापरवाही  गरिरहेको पाइएको छ । यद्यपि बैंकहरुले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेका छन्  ।
बैंकमा गएका सेवाग्राहीले आफ्नो सुरक्षा आफै गर्नु त कहाँ हो कहाँ उल्टै बैंकका सुरक्षा गार्डले भनेको कुरा पनि नसुनेको झैँ गरी एकै ठाउँमा झुम्मिएए बसेको देखिन्छ । उनीहरु दुरी कायम गर्नु भन्दा कहिले आफ्नो पालो आउला भनेर अटेर गरि बसिरहेका छन् । न त सेनिटाइजर प्रयोग गरेका छन् । जसले गर्दा अहिले बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिमा छ । सो को एउटा उदाहरण हो नेपाल एसबिआई बैंकको बौद्ध शाखामा देखिएको दृश्य । बैंकको सो शाखामा पुग्दा सेवाग्राही उदेकलाग्दो भिड देखियो । 
यसो त अधिकाशं ठाउँमा संक्रमण बढेपछि बैंकलाई पूर्ण रुपमा बन्द गरिएको छ । सो स्थानमा डिजिटल सेवा मात्रै सुचारु छन् । यद्यपि काठमाडौँ उपत्यकाको हक भने बैंक र डिजिटल सेवा दुवै संचालनमा छन् । यहि रुपमा लापरवाही हुने हो भने उपत्यकामा बैंकहरु पनि बन्द गर्ने अवस्था नआउला भन्न सकिन्न । कोरोनाकै कारणले कतिपय बैंकरको निधनसमेत भइसकेको छ । बाँकी फोटोमा हेर्नुहोस् :
 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal