
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । मंगलबार तुलनामा नेप्से १.२० अंकले घटेर २८१५.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको ४३ करोड २८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश:अरुण काबेली र चिलिमे हाइड्रोपावरको भएको छ । आज ७ समूहबाहेकका अन्य सबै समूह घटेका छन् ।
यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने समता लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । राष्ट्र बैंकले लघुवित्तको सेयरमा कडाइ गरेसंगै लघुवित्तको मूल्यमा पहिरो गएको छ । यद्यपी समग्र सेयर बजारको अवस्था भने सकारात्मक देखिएको छ । यस्तै हाइड्रोपावरको सेयर मुल्यमा भने उछाल आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्