×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक अस्थिरताकैबीच नेप्सेमा थप उत्साह, ११ अर्ब ६९ करोडमाथिको कारोबारसहित १६ कम्पनीको मुल्यमा उछाल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

राजनीतिक अस्थिरताकैबीच नेप्सेमा थप उत्साह, ११ अर्ब ६९ करोडमाथिको कारोबारसहित १६ कम्पनीको मुल्यमा उछाल !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबारको तुलनमा नेप्से ३२.८१ अंकले बढेर २८२०.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६९ करोडमाथिको कारोबार भएको छ । राजनीतिक अस्थिरताका बेला पनि सेयर बजारले नयाँ बाटो समातेको छ । यद्यपि आज धेरैले बजारमा नकारात्मक सर्किट लाग्ने अनुमान गरेका थिए । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ४० करोड ८६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल लाइफ इन्स्योरेन्स र ज्योति विकास बैंकको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन् भने रुरु जलविधुत कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । कर्णाली डेभलपमेन्टसहितका १६ कम्पनीको मूल्य सबै भन्दा धेरै बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: