×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुरुक्कै उफ्रियो नेप्से ! सूचक र कारोबार रकममा ऐतिहासिक रेकर्ड ब्रेक, लगानीकर्ता खुशीले गदगद् !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा नेप्से ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१४ कम्पनीको २ करोड २९ लाख ७२ हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २६ करोडमाथिको कारोबार भएको छ । जुन सूचक र कारोबार रकम हालसम्मकै उच्च हो ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ६७ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अरुण काबेली हाइड्रोपावरको भएको छ । आज १ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: