
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ  । परिसूचकसंगै कारोबार रकम पनि घटेको छ  । आज नेप्से ४५.२५ अंकले घटेर २७८२.५८ बिन्दुमा पुगेको छ । 
यस अवधिमा २१८ कम्पनीको २ करोड ९२ लाख ४८ हजार ५३१ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २७ करोडमाथिको कारोबार भएको छ  ।
१३ अर्बबढीको सेयर कारोबार हुँदा धेरै ब्रोकर हाउसले नाफा कमाएका छन् । थोरै कम्पनीले मात्रै नाफा बुक गर्न सकेका छन् । आज  सबै भन्दा धेरै कारोबार राधि हाइड्रोपावरको भएको छ । 
				
			




						







