
- अर्थ सरोकार सम्बाददाता
पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।
पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयरपुँजी चुक्ता भईसकेको छ ।
वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फाल्गुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै यस वित्तीय संस्थाले आफ्नो वित्तीय कारोबार सुचारु गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्