×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि चार कम्पनीले दिए समितिमा आवेदन, कसले पाउला ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिमा नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि चार कम्पनीले आवेदन दिएका छन् । मंगलबारसम्म चार कम्पनीहरु अन्नपूर्ण रि, काठमाडौँ रि,प्डेरुन्सियल रि र हिमालयन रि इन्स्योरेन्सले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
मंगलबारसम्म पुनर्बीमा कम्पनीको लाइसेन्सको माग गर्दै चार कम्पनीको आवेदन समितिमा पुगेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । समितिले प्रस्ताव आहवान गरेको अन्तिम मिति सकिन २ दिन बाँकी रहँदा ४ कम्पनीले लाइसेन्सका लागि निवेदन दिएका हुन् । 
सोमबारसम्म तीन कम्पनीको आवेदन परेको थियो । समितिका अनुसार आवेदन दिएका कम्पनीमध्ये कुनै एकले मात्रै लाइसेन्स पाउने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: