×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको २३औँ दिन, कस्तो छ न्युरोडको अवस्था ? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज शुक्रबार काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको २३ दिन पुगेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण बढेसँगै उपत्यकामा गत १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यस अवधिमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारीसाधन निर्वाध सञ्चालन भएका छन् । 
फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ । अनुमति विना हिडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् । जससँगै उपत्यकामा भरका व्यापारी केन्द्रहरु सुनसान बनेका छन् । 
काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्युरोडको अवस्था पनि उस्तै छ । पहिलो पटकको लकडाउनमा नै भयावह बनेको उक्त स्थानको व्यापार पुन: त्यस्तै अवस्थामा पुग्ने देखिन्छ  । व्यवसाय बन्द भएको झन्डै एक महिना पुग्न लाग्दा व्यवसायी थप चिन्तित बनेका छन् । उनीहरुलाई सटरको भाडा, ऋणको पिर, करको भारले थप चिन्तित बनाएको हो । हेर्नुहोस् शुक्रबार देखिएको न्युरोडको दृश्य :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: