×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ६२ हजार ३८८ कित्ता संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

GLOBAL IME BANK

एनआइसी एसिया बैंकको ६२ हजार ३८८ कित्ता संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ६२ हजार ३८८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन सकिनेछ । बैंकले मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको थियो । यसमा न्यूनतम ५७६ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
उक्त यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने यसमा वैशाख २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: