×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एशियाले `जनतामारा ब्याज काण्ड´ मच्चाएपछि प्रिमियममा कडाई गर्दै राष्ट्र बैंक, ‘राष्ट्र बैंककोसमेत बेइज्जत भयो’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंकले `जनतामारा ब्याज काण्ड´ मच्चाएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रिमियममा कडाई गर्ने भएको छ । बैंकले आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर ऋणीलाई ब्याजदर बढेको भन्दै मनपरी तरिकाले पत्राचार गरेपछि राष्ट्र बैंकले प्रिमियममा कडाई गर्ने भएको हो । 
बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको थियो । अर्थ सरोकारसहित विभिन्न संचारमाध्यमले एनआइसी एशियाले मनपरी ब्याज बढाएको भन्दै समाचार प्रकाशन गरेपछि राष्ट्र बैंकले तत्कालै यस विषयमा एक्सन लिएर छानविन सुरु गरेको थियो ।
त्यसपछि बैंकले प्राविधिक गल्तीका कारण यस्तो भएको बाहाना बनाउँदै राष्ट्र बैंकसामु क्षमा याचना गरेको छ । बैंकको बिराटनगर शाखा कार्यलयबाट ऋणीलाई गरिएको पत्रचारमा प्राविधिक गडबडीले गर्दा सहकारीको भन्दा बढी ब्याजदर उल्लेख भएको बैंकले जनाएको छ । बैंकले सो पत्र नियतवस नभएर प्राविधिक गल्तीले भएको भन्दै सच्याउने प्रतिबद्धता गरेको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।
यता राष्ट्र बैंकको एक्सनपछि बैंकले मनपरी तरिकाले बढाएको ब्याजदर र प्रिमियम पहिलेकै कायम गर्ने प्रतिबद्धता गरेको छ । अहिले यस बैंकको बेसरेट ६.७७ प्रतिशत छ भने बैंकले अधिकांश कर्जाको प्रिमियम ७ प्रतिशतसम्म तोकेको छ । बैकिङ क्षेत्रमा यस्तै प्रकारका गुनासा र विकृतिहरु आएकाले राष्ट्र बैंकले प्रिमियममासमेत कडाइ गर्ने प्रवक्ता ढकालले बताए । यता राष्ट्र बैंकको विशेष छलफलमा बैंकका अधिकारीहरुले एनआइसीले गरेको बदमासीका कारण राष्ट्र बैंककोसमेत बेइज्जत भएको धारणा राखेका थिए । बैंकहरुले यसरी मनपरी ढङ्गले ब्याज परिवर्तन गर्दा ग्राहकहरु भने मर्कामा परिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: