×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले ल्यायो नयाँ सुविधा, अब मोबाइल बैंकिङमार्फत नै रेमिट्यान्स पठाउन सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकले ल्यायो नयाँ सुविधा, अब मोबाइल बैंकिङमार्फत नै रेमिट्यान्स पठाउन सकिने

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई ग्राहकहरू सामुन्ने आफ्नो मोबाइल बैंकिङमार्फत अघि बढाईरहेको बैंकले जानकारी दिएको छ ।
सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप नै यस बैंकले आफ्ना ग्राहकहरूको लागि एनआईसी एशिया मोबाइल बैंकिङमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवा अन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो मोबाइल बैंकिङबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने भएका छन । ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको मोबाइल बैंकिङभित्र रहेको सेण्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा ग्राहकहरुको अमूल्य समयको बचत भई महामारीकाबीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हालसमम ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर र ८० वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: