×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

एनआइसी एशिया क्यापिटलमा अनलाइनमार्फत पोर्टफोलियो मेनेजमेन्ट सर्भिस -PMS लिन सकिने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै लगानी व्यवस्थापन सेवा (PMS) यस क्यापिटलको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंबाट प्रदान गर्दै आईरहेको छ । लगानी व्यवस्थापन सेवाको माध्यमबाट सेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा सेयर बजार सम्बन्धी ज्ञान भएतापनि समय अभावको कारणले गर्दा सेयर कारोबार गरेर लाभ लिन नसकेका आम लगानीकर्ताहरुलाई मध्यनजर गरि एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा संचालन गरिरहेको छ । हाल उक्त सेवा मार्फत ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभ लिइरहेका छन् ।
हाल महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको अवस्था र सोको रोकथाम, नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द भईरहेको अवस्थामा लगानीकर्ताहरुलाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो मेनेजमेन्ट सर्भिस -PMS)को लागी आवेदन दिन सक्ने व्यबस्था मिलाएको छ ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो मेनेजमेन्ट सर्भिस -PMS) अनलाईनमार्फत सहज रुपमा घरमै बसी लिई सेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्नेछन् । उक्त सेवा लिने ग्राहकहरुको लगानी सम्बन्धी निर्णय गर्दा सेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्ताहरुलाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ ।
अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एनआईसी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment मा क्लिक गरि थप जानकारीको लागि आफ्नो समय अनुकुल भर्चुअल बैठकको लागि समय बुक गर्न सक्नेछन् । साथै उक्त लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो मेनेजमेन्ट सर्भिस -PMS) लिनको लागि सोझै https://portfolio.nicasiacapital.com/Global/Account/Login मा क्लिक गरि रितपूर्वक आवश्यक विवरण/कागजातहरु अपलोड गर्नु पर्नेछ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने भएको छ ।
साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई सेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ । अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भए पश्चात आवश्यक प्रकृयाको लागि एनआइसी एशिया क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाडौँ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पुरा गर्नुपर्ने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal