×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार प्रभाव : मनपरी ब्याज बढाउने एनआइसी एशिया बैंकले फिर्ता लियो `दादागिरी निर्णय´, प्राविधिक गल्ती भएको बाहाना !

LAXMI SUNRISE BANK
GLOBAL

समाचार प्रभाव : मनपरी ब्याज बढाउने एनआइसी एशिया बैंकले फिर्ता लियो `दादागिरी निर्णय´, प्राविधिक गल्ती भएको बाहाना !

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अन्तत: मनपरी ब्याज बढाउने एनआइसी एशिया बैंकले ब्याजदर बढाएको ‘दादागिरी निर्णय’ फिर्ता लिएको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेर नीजी स्तरको नम्बर १ बैंक बन्ने दौडमा रहेको यस बैंकले कोरोना महामारीका बेला ऋणीहरुबाट लघुवित्त वा सहकारीले लिने भन्दा महँगो ब्याज असुली गरिरहेको पाइएको थियो ।

यसबारे अर्थ सरोकारसहित विभिन्न संचारमाध्यमले समाचार प्रकाशन गरेपछि बैंकले प्राविधिक गल्तीका कारण यस्तो हुन भएको बाहाना बनाउँदै क्षमा याचना गरेको छ । बैंकको बिराटनगर शाखा कार्यलयबाट ऋणीलाई गरिएको पत्रचारमा प्राविधिक गडबडीले गर्दा सहकारीको भन्दा बढी ब्याजदर उल्लेख भएको बैंकले जनाएको छ ।
भएको के थियो ?
अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाण अनुसार एनआईसी एसिया बैंकले आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको थियो ।

यता यसरी ऋणको भारी बोक्नै नसक्ने गरी ब्याज ठटाउने बैंकका विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको र सो काम माथिकै आदेशबाट भएको बताएका थिए । केहि समय अघि पनि एनआइसी एशिया बैंकको प्रदेश नम्बर १ शाखामा बैंकको हदैसम्मको लापरवाही बाहिरिएको थियो ।यता नेपाल राष्ट्र बैंक सो बैंकसँग जवाफ मागिएको जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी