
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेर नीजी स्तरको नम्बर १ बैंक बन्ने दौडमा रहेको एनआइसी एशिया बैंकले महामारीका बेला ऋणीहरुबाट लघुवित्त वा सहकारीले लिने भन्दा महँगो ब्याज असुली गरिरहेको पाइएको छ । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको प्रमाण बाहिरिएको छ । महामारीका बेला सकेको सहुलियत दिनुपर्ने ठाउँमा उल्टै ऋणीहरुलाई चर्को ब्याज असुल गरिरहेको एनआइसी एशियाले नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै आफ्ना पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको हो । अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । लघुवित्त भन्दा महँगो ब्याजदरमा एनआइसी एशिया बैंकले ऋण लगानी गरिरहेको पाइएको हो ।

अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाण अनुसार एनआईसी एसिया बैंकले आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको हो ।

यता यसरी ऋणको भारी पनि बोक्नै नसक्ने गरी ब्याज ठटाउने बैंकका विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको र सो काम माथिकै आदेशबाट भएको बताएका छन् । केहि समय अघि पनि एनआइसी एशिया बैंकको प्रदेश नम्बर १ शाखामा बैंकको हदैसम्मको लापरवाही बाहिरिएको थियो । यता नेपाल राष्ट्र बैंकले भने आफुहरुकहाँ गुनासो आएको खण्डमा बैंकलाई कारवाही हुने बताएका छन् ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्