Skip to content
LAXMI SUNRISE BANK

निदान अस्पतालमा ‘इन्भेष्टमेन्ट टसल’ : डोल्माका तर्फबाट आएका प्रतिनिधि ‘गैरकानुनी’ अध्यक्ष बनेपछि विवाद उत्कर्षमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डोल्मा इन्फेक्ट फन्डलाई संस्थागत लगानीकर्ताको रुपमा भित्र्याए पछी सेयर सदस्य नै नभएको व्यक्ति जोसेफ सिल्भानसलाई गैरकानुनी रुपमा अध्यक्ष बनाइए पछी निदान अस्पतालमा ‘इन्भेष्टमेन्ट टसल ‘ सुरु भएको छ।सिल्भानस अस्पतालका सेयर होल्डर नभएर सेयर होल्डरका प्रतिनिधि हुन् ।
विदेशी लगानी भित्र्याएपछि अन्तराष्ट्रियस्तरको व्यवस्थापन हुनुपर्नेमा अध्यक्ष नै गैरकानुनी रुपमा तोकिएपछी यसले अस्पताललाई थप धरासायी बनाउने भन्दै लगानीकर्ताहरुले विरोध गर्न थालेपछि अस्पतालभित्र यस्तो टसल सुरु भएको हो । अस्पतालमा मनपरी गर्न खोजेको भन्दै केहि लगानीकर्ताहरु ‘अवैध’ अध्यक्ष विरुद्ध कानुनी उपचारमा जाने भएपछी अस्पतालभित्रको टसल सतहमै छताछुल्ल भएको हो

कम्पनी रजिष्टारको कार्यालयले औंल्यायो यस्तो कैफियत !
यता अध्यक्ष सिल्भानस भने आफू डोल्मासँग भएको सहमतीका आधारमा नै अध्यक्ष भएको दाबी गर्दै आएका छन्। 
यसो त सिल्भानसको मिलेमतोमा उनी निकट व्यक्तिलाई सेयर दिने निर्णय गरिएको भन्दै कम्पनी रजिष्टारको कार्यालयमा समेत लगानीकर्ताहरुले उजुरी दिइसकेका थिए । लगानीकर्ताको उजुरीउपर कारवाही गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २५ गते अस्पतालमा पत्र पठाउँदै ‘अस्पतालले सेयर लगत अभिलेखको निमित्त पेश गरेका कागजातहरुमा सेयरधनी नरहेका व्यक्तिहरुलाई कम्पनीको सेयर विक्री गर्दा कम्पनी ऐन २०६३ तथा त्यस कम्पनीको नियमावलीको नियम १२, १२(३),(४),(५), (९) र (१०) बमोजिम कम्पनीका बहलवाला सेयरधनीहरुले उक्त सेयर खरिद गर्न पहिलो अधिकार हुने भएकोले सो प्रकृया पूरा गरेको नदेखिएको’ जानकारी गराईसकेको छ ।
अस्पतालको प्रक्रियामै खोट !
यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले अन्य थुप्रै ठाउँमा पनि खोट देखाईदिएको छ । अस्पतालमा विदेशी लगानीकर्ता समेत रहेकोले सेयर पर्चेज सम्झौतामा उल्लेखित सेयरधनीहरु बाहेकका सेयर विक्री गर्न खोजेका व्यक्तिहरुको हकमा उद्योग विभाग विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट पुनः सेयर पर्चेज सम्झौता स्वीकृत भई आउनु पर्नेमा उद्योग विभाग बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट स्वीकृत एसपिए पेश नभएको भनी कम्पनी रजिष्टारको कार्यालयले कैफियत औंल्याउँदै अस्पताललाई पत्र लेखिसकेको छ। 
यता कम्पनी रजिष्टारको कार्यालयले अस्पतालको साधारण सभाका निमित्त समयावधि नदेखिएको र सोहि साधारण सभाबाट कम्पनी बाहिरका व्यक्तिहरुलाई सेयर दिने निर्णय गरेको, निदान हस्पिटल पब्लिक लिमिटेड कम्पनी भएकोले ओटिसीमा दर्ता गरी सेयर खरिद बिक्री गर्नु पर्नेमा त्यस कम्पनीको नियमावलीको नियम १२ को उप नियम ९ र १० मा भएको व्यस्था विपरीत लगत प्रमाणीकरण गरी पाउँ भनी कागजात पेश गरेको, कम्पनी ऐन, २०६३ अनुरुप बुझाउनु पर्ने विवरण तथा कागजातहरु नबुझाएको भन्दै अस्पतालका नाममा ताकेता गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK