Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तले जेठ १३ गतेबाट १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने, भाउ कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले जेठ १३ गतेदेखि  न्यूनतम मूल्य ५५० रुपैयाँमा १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।  
सो सेयर निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ भने २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश पर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK