
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरूद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी गरेको छ। सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ रूपैयाँ विमा दावी भुक्तानी भईसकेको बैंकले बताएको छ।
बैंकले उक्त भुक्तानीे इन्योरेन्स पार्टनर शिखर इन्योरेन्स मार्फत गरेको हो। बैंकको तलब खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ।
सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्