×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीका बेला एनएमबि बैंकका ग्राहकलाई थप सहज, अब घरमै बसेर अनलाइनबाट केवाईसी भर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महामारीका बेला एनएमबि बैंकका ग्राहकलाई थप सहज, अब घरमै बसेर अनलाइनबाट केवाईसी भर्न सकिने

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंक ग्राहकले अब घर तथा कार्यालयबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको हाे । यो सेवाको सुरूवातसँगै ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।
यससँगै ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।
यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: