×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकको १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आज आइतबारदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र जारी गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको हो । कुल १५ लाख इकाई ऋणपत्रमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि खुला भएको छ ।   
बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२/९३’ जारी गरेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४% ब्याजदर पाउने छन् । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । एनएमबिको उर्जा ऋणपत्रमा जेठ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: