×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १७५.३७% छलाङ, प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ३६ पैसाले बढ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १७५.३७% छलाङ, प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ३६ पैसाले बढ्यो !

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमामा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १७५.३७% ले वृद्धि गरेर १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ कमाएको जनाएको हो । 
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ९२.२२% ले बढेको छ । यस्तै सञ्चालन नाफा १ करोड ४९ लाख ७१ हजार रुपैयाँबाट बढेर २० करोड ३ लाख ५ हजार रुपैयाँ पुगेको छ । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ३६ पैसाले बढेको छ । हाल प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: