×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक हस्पिटल अब ‘कोभिड अस्पताल’, १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नर्भिक हस्पिटल अब ‘कोभिड अस्पताल’, १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरण

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ । 
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे । 
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गर्नुभएको घोषणाको सिंहले स्वागतसमेत गरे । नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो । 
कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् । नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: