×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई डिस्चार्ज हुनुभएको छ । उहाँ बुधबार राति ८ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा उहाँ पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो ।
अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उहाँलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उहाँको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उहाँ आमासँग अस्पतालमै हुनुहुन्छ । पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गर्नुभएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: