×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकद्वारा मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री खुला, वार्षिक नौ प्रतिशत ब्याज पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८३ बिक्री खुला गरेको छ । राष्ट्र बैंकले वार्षिक नौ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुने राष्ट्र बैंकले जनाएको छ । 
घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।  बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् ।
सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । जेठ ११ गतेदेखि असार १ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार ६ गतेका लागि तोकिएको छ । बैंकले २०८३ असार ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: