×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने, आजै दिउँसो ३ बजे बोलकबोल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । 
बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ १ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल कात्तिक ३० गते परिपक्व हुनेछ । 
१ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७९ जेठ ३ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: