- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
२०७८ साल श्रावण २६ गते परिपक्क हुने गरी ९१ दिनको अवधिको लागि राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यस्तै २०७८ साल कार्तिक २३ गते परिपक्क हुने गरी १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
यस्तै राष्ट्र बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।