×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाई, अल्पकालिन लगानी गर्न नपाउने व्यवस्था पनि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकद्वारा सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाई, अल्पकालिन लगानी गर्न नपाउने व्यवस्था पनि

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरिदमा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका नीतिहरुलाई कार्यान्वयन गर्न जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्नमा कडाई गरेको हो ।
सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न नपाइने व्यवस्था गरिएको हो । साथै यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।
‘खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । (५) इ.प्रा.नि. नं. १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ ।’ ‘राष्ट्र बैंकले भनेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: