×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुद्वारा राष्ट्र बैंकको सूचनाको अपव्याख्या, कुठाउँमा ‘कमा’ राख्दा कयौँलाई ‘कन्फ्युजन’ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकहरुद्वारा राष्ट्र बैंकको सूचनाको अपव्याख्या, कुठाउँमा ‘कमा’ राख्दा कयौँलाई ‘कन्फ्युजन’ !

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सुर्खेत । नेपाल राष्ट्र बैंक सुर्खेत शाखाले जारी गरेको निर्देशनको अपव्याख्या गर्दै बैंकहरुले ग्राहकहरुलाई दुख दिइएको पाइएको छ । कोरोना महामारीका कारण कम ग्राहक आउन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले रकम झिक्ने, र रकम जम्मा गर्ने काम आवश्यकताका आधारमा हुने सूचना जारी गरेको थियो। सो सूचनाको बुँदा नम्बर ४ मा भएको तथ्यलाई बंग्याएर बैंकहरुले ५० हजार भन्दा कम झिक्नसमेत नदिने गरेको गुनासो ग्राहकहरुले गरेका छन् । जवकी सो सूचनाको तात्पर्य, झिक्न जति पनि पाइने र रकम जम्मा गर्ने हकमा भने ५० हजार रुपैयाँभन्दा माथि मात्र गर्न पाइने भन्ने थियो ।
‘राष्ट्र बैंकको सूचना देखाएर मेरो १५ हजारको चेक नेपाल बैंक लिमिटेडले साटेन ।’ आफुलाई नेपाल बैंकले दुख दिएको बताउँदै सुर्खेतका एक ग्राहकले अन्य प्राइभेट बैंकले रकम दिए पनि सरकारी बैंकले आफुलाई गाह्रो पारेको गुनासो गरेका छन्। ‘साथीहरुलाई सोध्दा अन्य प्राइभेट बैंकले जति पनि रकम झिक्न दिइरहेका छन्। तर नेपाल बैंकले मलाई रकम दिएन ।’
कुठाउँमा कमा हुँदा झुक्किए बैंकर !
यसो त राष्ट्र बैंकको सूचनामा झिक्न पछाडी कमा राखेर रकम जम्मा गर्न भन्ने उल्लेख गरी कोष्टमा ५० हजारभन्दा माथि उल्लेख भएपछी धेरै बैंकरहरु कन्फ्युजनमा परेको पाइएको छ । ‘एक पटक पढ्दा मिल्छ जस्तो सूचना छ । फेरी पढ्यो मिल्दैनजस्तो सूचना छ । ४०-४५ हजारको चेक ल्याउनेलाई रकम दिइरहेका छौं, तर १५-२० हजारको चेक ल्याउनेलाई फिर्ता पठाएको सत्य हो। गभर्नर सापको ट्वीट आएपछि बल्ल क्लियर भएका छौं । अव जतिको चेक आएपनि भुक्तानी गर्छौं । कमाले कन्फ्युजन बनायो। यसलाई अन्यथा लिइदिनुभएन ।’ नेपाल बैंकमा कार्यरत एक बैंकरले अर्थ सरोकार डटकमसँग भने ।
तर राष्ट्र बैंकले भने झिक्ने हकमा कुनै पनि सिमा नभएको स्पष्ट पारेको छ । यहि विषयमा आइतबार ट्वीट गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महार्पसाद अधिकारीले ५० हजार भन्दा तल रकम झिक्न नपाइने गरी कुनै पनि निर्देशन नभएको र कुनै बैंकले त्यसो गरेमा राष्ट्र बैंकमा गुनासो गर्न आग्रह सहितको ट्वीट गरेका थिए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: