
ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका-९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका-९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो । दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्