×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नझुक्किनुस् है ! चीनबाट ल्याईदै गरेको अक्सिजन सिलिण्डर चिनियाँ अनुदान होइन, व्यवसायिक प्रयोजनका लागि हो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नझुक्किनुस् है ! चीनबाट ल्याईदै गरेको अक्सिजन सिलिण्डर चिनियाँ अनुदान होइन, व्यवसायिक प्रयोजनका लागि हो’

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केहि दिन यता चीनबाट अक्सिजन सिलिण्डर तातोपानी नाका हुँदै काठमाडौँ आइरहेको र सो सिलिन्डर सरकारले चीनले दिएको अनुदान ल्याएको भन्ने चर्चा चलिरहेको छ । तर यो चर्चा मात्र झुटको खेती भएको खुलासा भएको छ । चीनबाट स्थलमार्ग हुँदै आउन लागेको १८ हजार अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभई व्यवसायीहरुले विशुद्ध व्यावसायिक प्रयोजनका लागि ल्याएको खुलासा भएको छ ।
चीनले अनुदानमा दिएको होइन अक्सिजन सिलिन्डर
चीनबाट नेपाल सबैभन्दा बढी सामान आयात गर्ने सिल्क ट्रान्सपोर्टले सो सिलिन्डरहरु चीन सरकारले नेपालका लागि अनुदान दिएको नभई व्यवसायीहरुले ल्याएको पुष्टी गरेका छन् । कम्पनी अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले १८ हजार सिलिन्डर चीनबाट आएको कुरा सत्य भएको तर सो अक्सिजन सिलिन्डर चीन सरकारले नेपालका लागि दिएको नभई विशुद्ध व्यावसायिक प्रयोजनका लागि आएको पुष्टी गरेका हुन् । यसरी व्यावसायिक प्रयोजनका लागि आएको अक्सिजन सिलिन्डरलाई चीन सरकारको अनुदान भन्दै अफावाह फैलाउनेहरुमा सरकारी प्रतिनिधिहरुसमेत छन् । अध्यक्ष शेर्पाका अनुसार शनिबार उपप्रधानमन्त्री पोखरेलसँग उनेको कुराकानीसमेत भएको थियो । त्यसै बिषयलाई लिएर पोखरेल निकट व्यक्तिहरुले यसरी अनावश्यक हल्ला चलाएका हुन् ।
भन्सार कार्यालय भन्छ -‘व्यावसायिक समान हो, अनुदान होइन’
यता तातोपानी भन्सार कार्यालयलेसमेत समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले व्यापारिक प्रयोजनका लागि ल्याएको पुष्टी गरेको छ । ‘व्यसायिक प्रयोजनका लागि ल्याएको सिलिण्डर आउन लागेको हो, आइसकेको पनि छैन ।’ भन्सार कार्यालयका प्रतिनिधिले अर्थ सरोकार डटकमसँग भने, ‘नेपाल भित्रिएका अक्सिजन विशुद्ध व्यावसायिक प्रयोजनका लागि ल्याउन लागिएका हुन् । आवश्यक सबै प्रक्रिया पूरा गरेर सामान काठमाडौँ पठाईने छ ।’ यद्यपी उनले नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेपछि चीन व्यवसायीहरुलाई पैसा लिएर अक्सिजन दिन तयार भएको बताएका छन् ।
जानकारहरुका अनुसार यो प्रकरणले दुई अचम्मका तथ्य बाहिर ल्याएका छन् ।
१. नेपाल सरकारले आग्रह गर्दा पनि अनुदानमा सिलिन्डर पठाउनुको सट्टा चीनले नेपालको संकटमाथि व्यापार गरिरहेको छ ।
२. व्यावसायिक प्रयोजनका लागि ल्याईएका सामानहरुमा केहि चीन निकटहरुले अनावश्यक अफवाहको खेती गरिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: